एसइई राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ ।

एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ ।

सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अगाडि बढ्न बाटो खुलेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा