नेपालको प्राथमिक र दूर शिक्षामा अमेरिकाले सहयोग वृद्धि गर्ने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम र दुर तथा प्राथमिक शिक्षाका विकासमा अमेरिकी सरकारको सहयोग उल्लेखनीय रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीसँग सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा दुई देशको आपसी सम्बन्ध आगामी दिनमा अझै सुमधूर हुने विश्वास व्यक्त गरे ।

प्राकृतिक विपद् या कोरोना महामारीका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै उनले अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिए ।

राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिँदै नेपालप्रति अमेरिकी सरकारको नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट गरे । नेपालको प्राथमिक र दूर शिक्षामा आफ्नो सहयोग वृद्धि हुन सक्ने विश्वास पनि राजदुत बेरीले व्यक्त गरे । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा अमेरिकाले गरेको लगानी महत्वपुर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको