बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण



कंचनपुर । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो ।

भीमदत्तले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अनुमति दिइसकेको छ । आठौँ नगरसभामा पुस २८ गते विधेयक पेश गरिएको थियो ।

शुक्रबार विधेयकमाथि दफावार छलफल भएर पारित गरिएको नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले जानकारी दिए । नगरसभाबाट शिक्षालय सञ्चालनसहित अन्य विधेयक पनि पारित भएका छन । भीमदत्त नगरपालिकाको सुशासन समिति गठन तथा सञ्चालन विधेयक–२०७७, लेखा समिति गठन तथा सञ्चालन नियमावली–२०७७, वन ऐन–२०७७ र विधायन समिति गठन तथा सञ्चालन विधेयक–२०७७ पारित गरिएको छ ।

यसैगरी नगरसभाबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६ पहिलो संशोधन गरिएको छ । नगर प्रवक्ता चन्दले नगरसभामा पेश गरिएका विषयगत समितिका प्रतिवेदन पनि पारित गरिएको बताउनुभयो । भीमदत्तको पुससम्मको प्रगति प्रतिवेदनसमेत पारित पारित गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको