राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नयाँ आवेदन माग



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यसअघिका आवेदन खारेज गरी नयाँ आवेदन माग गरेको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा भएको मन्त्रालयको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्रक्रिया पूरा गरी प्राप्त निवेदनबाहेक अन्य निवेदन खारेज गरी शिक्षा विकास तथा मानव स्रोत केन्द्रबाट नयाँ प्रक्रिया शुरु गरेको छ । यही माघ २० गतेभित्र आवेदन दिन आह्वान गरिएको छ ।

यसअघि गत वर्ष आवेदनबाट प्राप्त तीन हजार १४७ वटा निवेदन खारेज गरिएको छ । यसअघि आएको सबै निवेदन खारेज भएको केन्द्रका महानिर्देशक वैकुन्ठ अर्यालले जानकारी दिए ।

चालु आब को बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पाँच अर्ब १० करोड बजेट छुट्टयाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम कार्यान्वयन गर्ने विषयमा चासो देखाएलगत्तै मन्त्री श्रेष्ठले प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन् । ती दिन अघि मन्त्रालयमा बसेको बैठले सूचना सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा, शिक्षासचिव गोपीनाथ मैनाली, अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गाना, सङ्घीय मामिला मन्त्रालयका सहसचिव, शिक्षा मन्त्रालय योजना महाशाखाका सहसचिव डा तुल्सी थपलिया, केन्द्रका महानिर्देशक अर्याललगायत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने अनेरास्ववियुको निर्णय

काठमाडौँ । अनेरास्ववियुले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने निर्णय गरेको छ

किन पढ्ने दर्शनशास्त्र ?

-डा. गोविन्दशरण उपाध्याय दर्शनशास्त्र निकै परिचित विषय हो । राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. मिश्र नियुक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी

काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्तमा एक हजार १२९ विद्यार्थी दीक्षित

काभ्रे । काठमाडौँ विश्वद्यिालय (केयु) को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा आज