एनसीए कलेज अफ म्यानेजमेन्टले ५ जना विद्यार्थीलाई एसीसीए कोर्सका लागि छात्रवृत्ति दिने



काठमाडौं । एन.सी.ए. कलेज अफ म्यानेजमेन्टले सन् २०२१ को जनवरी/फेब्रुअरी आवेदन इन्टेक अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीलाई एसीसीएका कोर्सका लागि छात्रवृत्तिको अवसर प्रदान गर्ने भएको छ ।

१२ कक्षा वा ए लेभल उत्तीर्णरपरीक्षाको नतिजा पर्खेर बसेका विद्यार्थीका लागि यो छात्रवृत्तिले पहिलो सेमेष्टरका लागि लाग्ने सबै शुल्क (ट्यूशन शुल्क, एसीसीए दर्ता, परीक्षा शुल्क र अध्ययन सामग्री) गरी कूल १ लाख बराबरको रकम बेहोर्ने छ ।

छात्रवृत्ति तथा कोर्समा भर्नाका लागि २४ जनवरी सन् २०२१ भित्र आइपुग्ने गरी आवेदनको समयसीमा तोकिएको कलेज व्यवस्थापनले जनाएको छ । आवेदन फाराम कलेजको वेवसाइट www.nca.edu.np मा उपलब्ध रहेको पनि कलेज व्यवस्थापनले जानकारी दिएको छ ।

एसीसीए संयुक्त अधिराज्य बेलायतको द एसोसिएशन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सीसम्बन्धी कोर्स हो ।

यो कोर्स संसारका १८० देशमा अध्ययनरअध्यापन गरिन्छ । एन.सी.ए.कलेज अफ म्यानेजमेन्ट नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको सबैभन्दा पुरानो ए.सी.सी.ए. अध्यापन गराउने शैक्षिक संस्था हो । कलेजले १६ बर्ष देखि नेपाली विद्यार्थीहरुलाई थोरै लागतमा गुणस्तरीय ए.सी.सी.ए. कक्षा सञ्चालन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय तहका पाठ्यक्रममा यौन शिक्षा आवश्यक

काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाट शिक्षा दिन सके यसको

प्याब्सन एकल गायन प्रतियोगितामा उप्रेती प्रथम

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँ महानगरपालिकाले आयोजना गरेको

विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५ को शीर्ष १०मा कोपिला भ्याली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५’ को शीर्ष

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल