एसईई परीक्षाका लागि रजिष्ट्रेसन फारम खुला



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको एसईई परीक्षाका लागि रजिष्ट्रेसन फारम खुला गरेको छ । बोर्डले कक्षा ९ मा अध्ययनरत विद्यार्थीले एसईई परीक्षामा सामेल हुनका लागि बिहीबारदेखि माघ २१ गतेसम्म रजिष्ट्रेसन फाराम भरिसक्न सूचित गरेको छ ।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबुवाको नाम ठीकसँग भरे नभरेको रुजु गरी माघ मसान्तभित्र बोर्डमा पठाउन पनि भनिएको छ । यसैगरी खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत् विद्यार्थीले पनि सोही मितिभित्र रजिष्ट्रेसन र आवेदन दुवै फाराम भर्नुपर्ने बोर्डले जनाएको छ । रजिष्ट्रेसन फारामका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय तहका पाठ्यक्रममा यौन शिक्षा आवश्यक

काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाट शिक्षा दिन सके यसको

प्याब्सन एकल गायन प्रतियोगितामा उप्रेती प्रथम

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँ महानगरपालिकाले आयोजना गरेको

विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५ को शीर्ष १०मा कोपिला भ्याली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५’ को शीर्ष

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल