त्रिविले यसपटक हिउँदे बिदा नदिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो ।

त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिए । त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो । कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन ।

त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । रजिष्ट्रार डा दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् । त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो ।

उनले त्रिवि केन्द्रीय क्याम्पसमा पढाई सञ्चालन गर्न कीर्तिपुर नगरपालिकाबाट अनुमति मागिएको बताए । यस्तै उपत्यकाका क्याम्पस सञ्चालन गर्न पनि सरकारसँग अनुमति मागिएको छ । “उपत्यकाका कक्षा सञ्चालन गर्न सरकारसँग हामीले अनुमति मागेका छौँ”, उनले भने, “सरकारले पनि सबै ठाउँ खुला गरेको सन्र्दभमा क्याम्पस पनि सञ्चालन गर्न पक्कै दिने छ । हामीले स्वीकृति पाउनासाथ कक्षा सञ्चालन गर्ने तयारीमा छौँ ।”

यस्तै गत चैत ६ गतेदेखि रोकिएका त्रिविका परीक्षा पनि सञ्चालन भएका छन् । मङ्सिर दोस्रो सातादेखि त्रिविका रोकिएका परीक्षा सञ्चालन भएका हुन् ।त्रिविले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन हालको परीक्षा समयमै सम्पन्न गर्न एवम् अर्को वर्ष सेमेष्टरको बाँकी पढाइ पनि सम्पन्न गर्ने तयारी गरेको छ । उनले चैत्रभित्र सबै परीक्षा सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले

भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ