दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल



काठमाडौं । ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठपाठनमा सहजताका लागि जनता क्लब अफ काठमाडौँले ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ । क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब १२ लाख रुपैयाँ बराबरको जम्मा २० थान ल्यापटप र ४० थान मोबाइल प्रदान गरेको हो । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा क्लबका अध्यक्ष सीमा गोल्छाले विद्यालयको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा मन्त्री भट्टराईले ऐतिहासिक उक्त विद्यालयमा नयाँ भवन बनेकामा बधाई दिँदै शिक्षालाई विद्यमान विषम स्थितिमा पनि वैकल्पिक माध्यमबाट निरन्तरता दिनका लागि प्राप्त सामग्री उपयोगी हुने बताए ।

प्राज्ञ डा देवी नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको व्यक्तित्वबारे प्रकाश पारेका थिए । सोही अवसरमा विद्यालयले आयोजना गरेको काठमाडौँ जिल्लास्तरीय माध्यमिक तहका विद्यार्थीका लागि गरिएको अनलाइन निबन्ध प्रगियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।

विनासकारी भूकम्पबाट ध्वस्त सो विद्यालयमा चीन सरकारले बनाइदिएको नयाँ आधुनिक भवन यही कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो । नयाँ भवनमा प्रयोगशाला र कम्प्युटर ल्याब उपलब्ध भए पनि हालको विषम स्थितिमा अनलाइन कक्षाका लागि ल्यापटप र मोबाइलको आवश्यकता परेको संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले