विश्वभरका विश्वविद्यालयका एकीकृत सूचना पोर्टल सञ्चालनमा



काठमाडौं । स्वदेश र विदेशका विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नेपालीको पहलमा पहिलोपटक ‘स्टडीइन्फो सेन्टर डटकम’ सञ्चालनमा आएको छ । स्वदेश र विदेशका विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि तुलनात्मक अध्ययनको मञ्चका रुपमा यो पोर्टल सञ्चालित भएको हो ।

हाल अष्ट्रेलयमा रहेका शिक्षाकर्मीद्वारा सञ्चालत वेबसाइटको बिहीबार त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले भर्चुअलरुपमा शुभारम्भ गरे । सो पोर्टलमा विश्वभरका विश्वविद्यालय र त्यहाँ अध्ययन हुने विषयबारे एकीकृत सूचना प्राप्त हुनेछ । यसमा नेपालका सबै विश्वविद्यालयका ६०० विषयसमेत समावेश गरिएको पोर्टलका संस्थापक टीएन अर्यालले जानकारी दिए । एक वर्ष लगाएर २० जना जनशक्तिले तयार गरेको यस प्रकारको पहिलो पोर्टलमा विद्यार्थीले उच्चशिक्षा हासिल गर्न चाहेको देशका प्रवेशाज्ञा नीति, उक्त देशमा हुने अध्ययन तथा बसोबास खर्च र विद्यार्थीका लागि रोजगारीका अवसरलगायतका महत्वपूर्ण जानकारी समावेश छ ।

शिक्षाविद् माथेमाले विद्यार्थीले राम्रा प्राध्यापक, विश्वविद्यालयको वातावरण र शुल्कसमेत बुझेर भर्ना गर्ने भएकाले उनीहरुलाई एकीकृत र सही सूचना दिनु आवश्यक रहेको बताए । उनले नेपालको शिक्षाका राम्रा पक्षलाई पनि अन्तर्राष्ट्रियकरण गराउन आग्रह गरे ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयबीचको सहकार्य र सूचना आदान प्रदानमा वेबसाइट नयाँ पहल हुने विश्वास व्यक्त गरे । त्रिविका पूर्वउपकुलपतिहरु डा कमलकृष्ण जोशी र त्रिविका पूर्वउपकुलपति प्रा डा तीर्थराज खनियाँले उच्चशिक्षाका क्षेत्रमा सूचनाको पहुँच वृद्धिका लागि नयाँ काम थालनी भएकामा शुभेच्छ व्यक्त गरे । उच्चमाध्यमिक तथा शिक्षालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले नेपाली विद्यार्थीलाई विदेश पढ्न पठाउनेका साथै विदेशी विद्यार्थी नेपाली विश्वविद्यालयमा पनि ल्याउने गरी काम गर्नुपर्ने बताए । गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष मन केसीले कोभिड–१९ पछि बेरोजगारीको स्थितिमा विद्यार्थी र रोजगारी खोजिरहेका युवाका लागि नयाँ पोर्टल उपयुक्त हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा

‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

ललितपुर । काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण

विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमूना विद्यालय

काठमाडौं महानगरको आयोजनामा ‘काठमाडौँ शैक्षिक मेला’ सुरू

काठमाडौँ । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप