काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा



बनेपा। काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनीयरिङ, स्कुल अफ साइन्स्, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् ।

आन्दोलित विद्यार्थी शैलेश मिश्रले आफूहरुसँग भएको सहमतिको पनि पालना नभएकाले अनशान गर्न बाध्य भएको बताए ।
विश्वविद्यलायका स्कल अफ इञ्जिनीयरिङका डीन डा डम्बरबहादुर नेपालीले भने विद्यार्थीले उठाएका माग विश्वविद्यलाय प्रशासन बोर्डमा पुर्याइसकिएकाले चाँडै निर्णय हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

काठमाडौं । सरोकारवालाहरुले जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् । शुक्रबारदेखि

पर्वतको पैंयु गाउँपालिकाद्वारा छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशन

पर्वत । पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरूपमा सामुदायिक

बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी

कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य

माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग

काठमाडौँ ।किशोर किशोरीलाई सही मार्ग अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड