सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु



बैतडी । कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको सेटीगाउँ मावि ककरपाखाका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिए ।

वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार विद्यालयले कक्षा ११ को परीक्षा शुरु गरेको जनाएका छन् । बैतडीमा ५९ विद्यालयका विद्यार्थी परीक्षा दिने तयारीमा छन् ।

केही विद्यालयमा परीक्षा शुरु भइसकेको जानकारी आएको छ भने केही विद्यालय परीक्षाको तयारीमा रहेको जानकारी आएको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले मङ्सीर १२ गतेभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएको छ । बैतडीमा तीन हजार ६५५ जना कक्षा ११ का परीक्षार्थी रहेका एकाइले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपतिको जिम्मेवारीबाट हटाउनुपर्ने सांसहरुको सुझाव

  काठमाडौँ ।  मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको ‘कुलपति’को जिम्मेवारीमा राख्न नहुने

काठमाडौंमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने

  काठमाडौँ । सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४९ प्रतिशत अनुत्तीर्ण

  काठमाडौँ । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण  भएका छन्

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसैवर्ष पूरा हुने

  काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक वर्षको