सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्छः मेयर शाक्य



काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताएका छन् ।

शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताए ।

आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरेका छन् । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो ।

समारोहमा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्र्ने काममा निरन्तर लागिरहेका छौँ ।” विद्यालयले कोभिड नियन्त्रणमा उत्कृष्ट काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक केसीलाई विशेष सम्मान गरेको थियो । विद्यालयमा कक्षा १२ सम्म करिब एक हजार ३०० विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन जनप्रतिनिधिको आग्रह

काठमाडौं । कोभिड –१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर

कक्षा १२ को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने

मसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा (तालिकासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि लागू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को