शिक्षण सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् ।

विश्व शिक्षक दिवस–२०२० का अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तरीय समूहगत छलफलमा (प्यानल डिस्कसन) नेपालका तर्फबाट सम्बोधन गर्दै शिक्षामन्त्रीले ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यकपर्ने भएकाले उत्कृष्ट नतिजा दिन हर–हमेशा आफूलाई अब्बल सावित गर्न शिक्षक समुदायमा आग्रह गरेका हुन् ।

मन्त्री पोखरेलले कोरोना महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता दिइएको र यसमा शिक्षक समुदायले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट गरे । सन् १९९४ मा संयुक्त राष्ट्रसङ्घले शिक्षण पेशा र पेशाकर्मीको काम, कर्तव्य र अधिकार सम्बन्धी सिफारिसको सम्झना र समीक्षा गर्न हरेक अक्टोबर ५ मा यो दिवस मनाउँदै आएको छ ।

यस वर्षको दिवसका अवसरमा २४ घण्टा डिजिटल र्यालीका रुपमा हरेक मुलुकको समय र पालोअनुसार छलफल गराइएको थियो । सार्क शिक्षक महासङ्घका महासचिव लक्ष्मण शर्माले नेपाल र दक्षिण एशियामा महामारीमा विद्यालय र शिक्षामा देखिएका चुनौतीबारे मन्तव्य दिएका थिए । छलफलमा कोभिड– १९ पछि शिक्षा क्षेत्र र शिक्षक समुदायमा परेको असरबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको