गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा नियुक्त



पोखरा । गण्डकी विश्वविद्यालयले पहिलो उपकुलपति पाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रा.डा. नवराज देवकोटालाई शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।

कुलपति नियुक्त भएको सात महिनापछि गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्री संयोजक, कुलपति प्रा.डा. गणेशमान गुरुङ र मन्त्रालयका सचिव सदस्य रहेको सिफारिस समितिले देवकोटालाई सिफारिस गरेको थियो ।

गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राक स्थायी घर भएका देवकोटा २०४३ सालबाट विश्वविद्यालय शिक्षण पेसामा प्रवेश गरेका थिए । देवकोटाले थाइल्यान्डको चियाङ माई विश्वविद्यालयबाट कृषि विज्ञानमा एमएस्सी र न्युजिल्यान्डको मासे विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं ।  राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा.डा. श्रीराम अधिकारी निर्विरोध निर्वाचित

प्रधानमन्त्रीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  ६५७ विद्यार्थी दीक्षित

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ

राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

काठमाडौँ। राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले