वार्ता र संवादमार्फत त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग



काठमाडौं । नेपाल विद्यार्थी सङ्घले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार विज्ञप्ती जारी गरी विश्वविद्यालयभित्र देखिएको समस्या वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताएका हुन् ।

“शैक्षिक सुधारका लागि त्रिविसँग कुनै योजना छैन, शैक्षिक सुधारका लागि विद्यार्थीले आन्दोलन गर्न खोजे झुठा मुद्धा लगाएर प्रहरी दमन गरिन्छ”, उनले भने । अध्यक्ष ढुङ्गानाले विश्वविद्यालयभित्र दैनिक प्रहरीको प्रवेश आपत्तीजनक भएको बताए । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाइ छ ।

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले त्रिविमा प्रहरी उपस्थित गराएर विद्यार्थी र प्राध्यापकलाई आतङ्कित पार्ने काम भएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने बताए । विश्वविद्यालयले विद्यार्थीले राखेको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । महामन्त्री भट्टराईले नेविसङ्घले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिएपनि ज्ञापनपत्रको सुनुवाइ नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

  काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित