गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल र अटो इन्जिनियरिङको पढाइ हुने



पोखरा । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।

एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८र४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्यको भनाइ छ । उनका अनुसार १० वटा पूर्ण छात्रवृत्ति, ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुलाका लागि रहेका छन् ।

पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो ।

अटोमोबाइल इन्जिनियरिङसम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार अटोमोबाइल इन्जिनियरिङको अध्यापन शुरु गरेको हो ।

महानगरले प्राविधिक शिक्षा तथा व्यावसायकि तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन हुनेछ ।

पछिल्ला वर्षमा तीव्र विकास भएको क्षेत्रमा अटोमोबाइल पर्दछ । स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ । गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकांश जनशक्तिसमेत विदेशी नै छन् । उच्च रोजगारी प्राप्तिको क्षेत्र भएपनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ ।

सिभिल इन्जिीनियरिङ अधिकांश प्राविधिक शिक्षालयमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पसमा केही वर्ष अघि अटोमोबाइल विषय अध्यापन गरिए पनि हाल सोको पठनपाठन हुँदैन ।

यस वर्ष पहिलोपटक दुई विषयमा प्राविधिक विषय अध्यापन गरिए पनि शिक्षालयको पूर्वाधार निर्माणपछि प्राविधिक धारका कक्षासमेत थप गरिने छ । सिभिल इन्जिनियरिङका लागि तीन वर्षको १ लाख ९५ हजार शुल्क छ भने अटोमोबाइलको एक लाख ७५ हजार तोकिएको छ ।

आफ्नै पूर्वाधार नबन्दासम्म शुरुआतमा महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । पोखरा महानगरपालिकाका केही वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विद्यार्थीमध्येबाट एक जनालाई वडा कार्यालयकै खर्चमा पढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

  काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित

गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पद धारण गरेका व्यक्तिले सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य

गोरखा नगरपालिकामा सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा