उपयुक्त विधिबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन अनेरास्ववियूको आग्रह



काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै विकल्पमध्ये उपयुक्त विधिमार्फत विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको छ ।

युनियनले शुक्रबार विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण सम्पूर्ण शैक्षिक संस्था विगत केही महिनादेखि ठप्प भएको अवस्थामा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सम्भव हुने सबै विकल्प अपनाउन सम्बन्धित निकायसँग आग्रह गरेको हो ।

‘हाल अनलाइनको सहज पहुँच नभएका विद्यार्थीहरुको हकमा एटेन्डेन्स लगायतको कुराहरुको व्यवस्थामा लचकता देखाई रेकर्डिङ लगायतका विकल्प उपलब्ध गराउनाका साथै पठनपाठन एवम् मूल्याङ्कनका सम्पूर्ण कार्यविधि योजनाहरु समेटिएको स्पष्ट अनलाइन एकाडेमिक क्यालिन्डर उपलब्ध गराइयोस्’, विज्ञप्तिमा भनिएको छ ।

युनियनले बन्दाबन्दी लम्बिदै गएमा थप क्षति हुन नदिनका लागि अहिलेको सेमेस्टरलाई अनलाइनमार्फत टुङ्गो लगाई नयाँ सेमेस्टरको सञ्चालनका लागि सकिएको सेमेस्टरहरुको वैकल्पिक परीक्षाको टुङ्गो लगाउनसमेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका

छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयलाई प्रदान गरिएको स्वीकृति नै रद्द गर्ने बालेनको चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।  महानगर

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

  विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता

शैक्षिक सुधारका लागि नयाँनयाँ विधि प्रयोग गर्दै कालीकोटका स्थानीय तह

  मिमबहादुर रावल, मान्म ।  कालीकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग