कर्णालीलाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति



कर्णाली । सरकारले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ । सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाका अनुसार यही साउन ३० गते प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन विधामा चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको हो । सरकारको यो निर्णयले प्रतिष्ठानलाई ठूलो उपलब्धि मिलेको भन्दै उनले नेपाल सरकारलगायत सम्पूर्ण सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सा शिक्षा दिने अवसर प्रतिष्ठान जुम्लालाई मिलेकोमा गर्व लागेको बताए । प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले आयोगको पूर्ण बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडी.एमएसका पाँच सिटको पक्का भएको बताए । बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा नेपाल सरकारले एमडी÷एमएस कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कर्णालीमा खुशी छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त

विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलाई महामन्त्री थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक

सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ताबाट समाधान खोज्नुपर्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षकहरुको प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा