एसईईको नतिजा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज प्रकाशित गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा सार्वजनिक गर्ने प्रावधान छ ।

बोर्डले गतसाता नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो । नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्ने भन्दै रोकिएको थियो । गत चैत ६ गतेका लागि निर्धारित एसईई परीक्षा कोरोना संक्रमणका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । देशभर एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले फर्म भरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ

पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमति

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति

एउटा सरकारी विद्यालय

डा. गोविन्दशरण उपाध्याय । (१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो । सबैभन्दा

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान