कक्षा ११ को परीक्षासँग सम्बन्धी कुनैपनि काम अघि नबढाउन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यहरु संचालन नगर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड(१९) संक्रमणका कारण नेपाल सरकारले विद्यालय संचालन गर्ने निर्णय गरिनसकेको अबस्थामा परीक्षासँग सम्बन्धित कुनैपनि काम अघि नबढाउन बोर्डले निर्देशन दिएको हो ।

बोर्डले जारी गरेको सूचनामा ‘कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको वार्षिक साधारणसभाबाट ६३औँ ग्रेस लिष्ट पारित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका

कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा

पाटन (ललितपुर) । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन्

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए प्रधानमन्त्रीसमक्ष सपथ

काठमाडौँ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति