दुर शिक्षाबारे सरकारले समयमै निर्णय गरोस्



 डा. रवीन्द्र पाण्डे |
.
कोरोना संक्रमणको महामारी बढ्दै गएको तथा महामारी अनिश्चितकालीन भएको तथ्यबोध गर्दै सरकारले निम्न लिखित निर्णय गर्न ढिलो नगरोस् |
.
– SEE परीक्षा SLC परीक्षा होइन | SLC को ब्यबस्था खारेज गरेको र १२ कक्षालाई आइरन गेट बनाएको कुरा हामी सबैलाई अवगत छ | जसरी ८ बाट ९, ९ बाट १० मा बिद्यार्थी पुग्छन त्यसै गरि १० बाट ११ र ११ बाट १२ कक्षामा पुग्दछन् | यो महामारीको समयमा SEE परीक्षा गर्नु भनेको महामारी वृद्धिको लागि अर्को पाइला चाल्नु हो |

तसर्थ सरकारले SEE परीक्षा नगरेर बिद्यालयमा भएका पूर्व परीक्षाको आधारमा रिजल्ट निकालोस् | युगमा एकपटक आउने महामारीको समयमा शिक्षा मन्त्रालयले बिशेष निर्णय गरेर सम्पुर्ण बिध्यार्थिलाई पास गरेर ११ कक्षामा भर्ना हुने निर्णय गर्नु सर्बोत्तम बिकल्प हो |

– कक्षा ८ को BLE को रिजल्ट तुरुन्त प्रकाशन गर्नुपर्दछ | साथै अन्य कक्षाको रिजल्ट आउन बाँकी भए रिजल्ट निकाल्ने ब्यबस्था गर्नुपर्दछ |
– कोरोना संक्रमणको महामारी नियन्त्रणमा आउन धेरै समय लाग्न सक्छ | बालबालिकालाई जोखिममा राखेर बिद्यालय पठाउन असम्भव छ |

तसर्थ बिद्यालयहरुले सहुलियत सहित नयाँ कक्षामा भर्ना गर्ने, इन्टरनेटको सुबिधा भएको ठाउँमा हाइ स्पीड इन्टरनेटको सहुलियत प्याकेज बिध्यार्थिलाई उपलब्ध गराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, इन्टरनेटको पहुँच नभएका ठाउँमा रेडियोबाट दुर शिक्षा फूलफेजमा चलाउने, टेलिभिजनबाट पाठ्यक्रम अनुसार पढाउने ब्यबस्था गर्ने, इन्टरनेटको माध्यमबाट पाठ्यक्रम अनुसार पढाउने, टर्मिनल इक्जाम भर्चुअल लिने तथा हरेक बिद्यालयमा अनलाइन / दुर शिक्षाको क्षमता बढाउने लगायत काम प्रणालीगत रुपमा गर्न ढिलाई गर्नु हुँदैन |

– कोरोना महामारीको कारण कुनै पनि विद्यार्थीको क्यारियरमा धक्का नलागोस्, कुनै पनि अवसर नगुमोस् तथा पढ्नको लागि सुरक्षित देशमा जाने अवसर नगुमोस् र कुनै पनि लेभल नछुटोस् भन्ने कुरामा शिक्षा मन्त्रालय, क्याम्पस तथा बिद्यालय जिम्मेवार बन्नु जरुरी छ |

– सकभर स्कुल बस चढ्नु नपर्ने दुरीमा रहेको बिद्यालयमा भर्ना गर्दा पछिको लागि सुरक्षित बनिने तथ्य पनि बिर्सिनु हुँदैन |
– अभिभावक बर्गले पनि स्कुलको मर्का बुझेर तदनुसार जिम्मेवार बन्नु जरुरी छ | अहिलेको चुनौतीपूर्ण अवस्थामा हामी सबै ब्यबहारिक हुनु जरुरी छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले