नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्न विज्ञको सुझाव



काठमाडौं । शिक्षा क्षेत्रका बिज्ञहरुले नेपालको शिक्षा प्रणालीलाई प्रविधिसंग जोडनुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार बसेको संसदको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यन्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा उनीहरुले अन्य देशहरुमा जस्तै नेपालको शिक्षा प्रणालीलाई पनि प्रविधिसंग जोडनुपर्ने बताएका हुन् ।

अहिले महामारीका बेला अन्य देशमा प्रविधिको प्रयोग गरेर नै विद्यार्थीहरुलाई पठनपाठन गराइरहेको उनीहरुको भनाई छ । बैठकमा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अहिलको अवस्थामा अनलाईनबाट शिक्षा दिनुपर्ने बताए । त्यस्तै स्तर मापनका लागि कक्षा ८, १२, बीए र एमएमा मात्र परीक्षा लिन उपयुक्त हुने सुझाव पनि उनले दिए ।

बैठकमा समिति सदस्यहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै राज्यले समग्र शिक्षाको प्रारुपबारे सोच्नुपर्ने बेला आएको धारणा राखेका थिए । समिति सदस्य पम्फा भूषालले शिक्षण प्रणालीलाई परिवर्तन गर्नै पर्ने धारणा राखिन् । त्यस्तै समिति सदस्य डा मिनेन्द्र रिजालले मुलुकको सवै विद्यालयमा सरकारले प्रविधिको पहुँच पुर्याउनुपर्ने बताए ।

उनले दुर्गम स्थानमा रहेका विद्यालयको इन्टरनेटको शुःल्क पनि सरकारले नै तिर्नुपर्ने र विद्यार्थीहरुलाई प्रविधिकै माध्यमबाट शिक्षा प्रदान गर्न तयार हुनुपर्ने बताए । समितिले कोरोना माहामारीका बेला नेपालको शिक्षाको सुधार र शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने बिषयमा बिज्ञहरुको राय लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाले दुई दिने शैक्षिक मेला आयोजना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते शैक्षिक मेला आयोजना गर्ने

वीरगञ्जमा आयोजना हुने आठौँ महाधिवेशन वैधानिक हुने नेशनल प्याब्सनका तीन पूर्वअध्यक्षको जिकिर

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (नेशनल प्याब्सन) का तीन

विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ का ३३ विद्यालयका ६० विद्यार्थीहरू आज स्वयम्भूमा चित्र कोर्न

केयुका १३ पदाधिकारीको संयुक्त पत्रः उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याइयोस्

  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति