नयाँ शैक्षिक सत्र कोरोना नियन्त्रणपछि मात्र सुरु गर्न शिक्षामन्त्रीलाई अनेरास्ववियूको सुझाव



काठमाडौं । सत्तारुढ नेकपाको भातृसंगठन अनेरास्ववियूले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर लकडाउनको खोले लगत्तै विश्वविद्यालयका स्थगित परीक्षा तयारी गर्न सुझाव दिएको छ । संयोजक ऐन महरसहितको टोलीले मन्त्री पोखरेललाई भेटेर नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोले पछि शुरु गर्न सुझाव दिएको हो । यस्ता छन् अनेरास्वयिूको सुझाव:

लकडाउनका कारणले अस्तब्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका बारेमा आज अनेरास्ववियू र माननीय शिक्षा मन्त्रीज्यू बिच गम्भीर छलफल भएको छ।निम्न उल्लेखित बिषयमा अनेरास्ववियूको तर्फ बाट हामिले आफ्ना बिचार हरु प्रस्तुत गरेका छौं ।
१) पछि संक्रमणको फैलावटलाई मध्यनजर गरेर red zone yellow zone र green zone तोकेर लकडाउन खुकुलो बनाउने तर हाललाई कम्तिमा एक हप्ता लकडाउन जारी राख्नुपर्ने ।

२) SEE र कक्षा ११ को परीक्षा लकडाउन खोले पछि होम सेन्टर मा स्वास्थ्य सम्बन्धी साबधानी अपनाएर लिनुपर्ने अन्यथा स्वत : ग्रेडिङ गर्नु पर्ने। तर १२ कक्षाको अनिवार्य परीक्षा गर्नु पर्ने।

३) बिश्वबिद्धालय का स्थगित गरिएका परिक्षाका सन्दर्भमा लकडाउन खोले लगत्तै लिने गरि तयारी गर्नु पर्ने।

४) सबैको पहुँचमा पुग्ने गरि online कक्षा सञ्चालन गर्नु पर्ने त्यसका लागि नेपाल टेलिकम सँग समन्वय गरि डाटा र भ्वाइस कल निशुल्क ब्यबस्था गर्नु पर्ने ।

५)नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोले पछि शुरु गर्नु पर्ने लगायत बिबिध बिषयमा हामिले माननीय मन्त्री ज्यूको ध्यानाकर्षण गराएका छौ र मन्त्री ज्यूले सकारात्मक रुपमा हाम्रा बिचारहरुलाई ग्रहण गर्नु भएको छ।
सल्लाह र सुझावका लागि सम्पुर्ण साथिहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धमाधम बन्द हुँदै इलामका विद्यालय, छोराछोरी पढाउन भारत धाउँदै अभिभावक

इलाम । सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने

पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत  । तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक

चिकित्सा शिक्षा ऐनमा देखिएको समस्या हो वा अन्य कुनै कारण पनि हुन सक्छ ? 

काठमाडौँ । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल

कसले पूरा गर्देला रियाको उच्च शिक्षा पढ्ने धोको ?

कञ्चनपुर । कराते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना