यसवर्ष एसइईको परीक्षा नगरे हुन्न ?



डा. रवीन्द्र पाण्डे
..
सरकारले लकडाउन खुलेपछि SEE परीक्षा गर्ने भनेको छ | कोरोना महामारीको समयमा लाखौँ बिद्यार्थी सम्मिलित हुने परीक्षा गर्दा संक्रमण सर्ने ठूलो जोखिम हुन्छ | परीक्षा केन्द्रमा जाँदा, केन्द्रमा जम्मा हुँदा, परीक्षा हलमा ३ घण्टा रहंदा, बाहिर निस्कदा तथा घर पुग्दा संक्रमण १ जनालाई सर्यो भने धेरै विद्यार्थीलाई सर्ने, बिद्यार्थीमार्फत उनीहरुको घरमा सर्ने अनि जोखिम बर्गलाई थप खतरा हुने डर हुन्छ |

एक जुगमा १ पटक आउने यति ठूलो महामारीमा SEE परीक्षा गर्नु हुँदैन | यसै पनि SEE परीक्षाको त्यति ठूलो महत्व छैन | पहिले SLC जस्तै अहिले १२ कक्षाको परीक्षा हो | जसरी ८ कक्षाबाट ९ कक्षामा तथा ९ कक्षाबाट १० कक्षामा बिद्यार्थी चढ्छन्, त्यसै गरि १० कक्षाबाट ११ कक्षामा चढ्ने रुपमा SEE लाई बुझ्नुपर्दछ |

यसपटक विद्यालयले पहिले लिएको परीक्षाको आधारमा कक्षा १० को रिजल्ट घोषणा गर्नु बुद्धिमतापूर्ण निर्णय हुनेछ | कुरा लकडाउन हुनु वा नहुनुसंग सम्बन्धित छैन, कोरोना संक्रमण नियन्त्रणमा आउनुसंग सम्बन्धित छ | कोरोना संक्रमण पुरै नियन्त्रणमा आउन बर्षदिन लाग्न सक्छ | तसर्थ बिद्यार्थीलाई तनावमा राख्नु भन्दा बिशेष निर्णय गरेर सबै बिद्यालयलाई रिजल्ट घोषणा गर्न लगाउनु पर्दछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा

संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी

वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश