विद्यालयमा क्वारेन्टाइन नबनाउन आग्रह



काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना भाइरसबाट बच्नु र बचाउनु सबैको कर्तव्य भए पनि विद्यालयहरुमा क्वारेन्टाइन बनाउँदा बालबालिकामा भय र त्रास उत्पन्न हुन सक्ने जनाएको छ ।

विभिन्न स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउन थालेकामा ध्यानाकर्षण भएको जनाउँदै महासङ्घका महासचिव गुणराज मोक्तानले शुक्रबार विज्ञप्ति जारी गरी विद्यालय शान्ति क्षेत्रका रुपमा कायम राख्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा बालबालिकाले आफू पढ्ने विद्यालय क्वारेन्टाइन हुँदा र त्यहाँ सम्भावित सङ्क्रमित बस्दा वा कुनै बिरामीको मुत्यु भएमा बालबालिकालाई विद्यालय जान डर र त्रास हुने भएकाले अन्य सार्वजनिक स्थल र स्थानमा क्वारेन्टाइन बनाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, १५ मिनेट ढिलो पुगेमा परीक्षामा दिन नपाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको

खाजा खर्च कटाएर पुस्तकालय पुनः निर्माण

पाटन (ललितपुर) । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर

चिकित्सा शिक्षा आयोगको बैठकद्वारा नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदन पारित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७