विद्यालयमा क्वारेन्टाइन नबनाउन आग्रह



काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना भाइरसबाट बच्नु र बचाउनु सबैको कर्तव्य भए पनि विद्यालयहरुमा क्वारेन्टाइन बनाउँदा बालबालिकामा भय र त्रास उत्पन्न हुन सक्ने जनाएको छ ।

विभिन्न स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउन थालेकामा ध्यानाकर्षण भएको जनाउँदै महासङ्घका महासचिव गुणराज मोक्तानले शुक्रबार विज्ञप्ति जारी गरी विद्यालय शान्ति क्षेत्रका रुपमा कायम राख्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा बालबालिकाले आफू पढ्ने विद्यालय क्वारेन्टाइन हुँदा र त्यहाँ सम्भावित सङ्क्रमित बस्दा वा कुनै बिरामीको मुत्यु भएमा बालबालिकालाई विद्यालय जान डर र त्रास हुने भएकाले अन्य सार्वजनिक स्थल र स्थानमा क्वारेन्टाइन बनाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको केआइआइटीका विद्यार्थीले त्रिविमा अध्ययन गर्न पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टियू) ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी

‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौँ। जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन

विद्यालय खाजामा लगानी बढाउन माग

  काठमाडौँ । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले