निजी विद्यालय बिहान ९ बजेदेखि संचालन गर्न प्रस्ताव



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गरेका हुन् ।

हाल सामान्यतः बिहान १० बजेदेखि ५ बजेसम्म निजी विद्यालय सञ्चालन हुँदै आएका छन् । छलफलमा सहभागी निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले सरकारको प्रस्तावमा बारेमा थप छलफल गरिने उल्लेख गर्दै सामुदायिक विद्यालयसहित सबै विद्यालयलाई एकै तालिकामा सञ्चालनको नीति ल्याइए उचित हुने बताए ।

काठमाडौँ उपत्यकाका कतिपय ठूला मानिएका निजी विद्यालयले टाढाटाढा विद्यार्थीलाई पनि आकर्षित गरी बसबाट ल्याउने लाने गर्न थालेपछि कार्यालय जाने र फर्कने समयमा यहाँको ट्राफिक व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ ।

सरकारको नयाँ प्रस्तावले विद्यालयहरुले आफ्नो नजीकको क्षेत्रका विद्यार्थीलाई मात्र पढाउन बाध्य हुन सक्ने ठानिएको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ मा विद्यालय जोनिङ (क्षेत्र) को प्रबन्ध पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिश

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिश भएको छ । शिक्षामन्त्री

युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार ‘एजिङ नेपाल’लाई हस्तान्तरण

काठमाडौं । ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने ‘एजिङ नेपाल’ संस्थाले प्राप्त गरेको

अब संस्कृत विश्वविद्यालयमा वैदिक कृषि र इन्जिनियरिङको पढाइ

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले वैदिक कृषि तथा वास्तु इन्जिनियरिङका कक्षा सञ्चालन गर्ने

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

भादगाउँ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने