निजी विद्यालय बिहान ९ बजेदेखि संचालन गर्न प्रस्ताव



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गरेका हुन् ।

हाल सामान्यतः बिहान १० बजेदेखि ५ बजेसम्म निजी विद्यालय सञ्चालन हुँदै आएका छन् । छलफलमा सहभागी निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले सरकारको प्रस्तावमा बारेमा थप छलफल गरिने उल्लेख गर्दै सामुदायिक विद्यालयसहित सबै विद्यालयलाई एकै तालिकामा सञ्चालनको नीति ल्याइए उचित हुने बताए ।

काठमाडौँ उपत्यकाका कतिपय ठूला मानिएका निजी विद्यालयले टाढाटाढा विद्यार्थीलाई पनि आकर्षित गरी बसबाट ल्याउने लाने गर्न थालेपछि कार्यालय जाने र फर्कने समयमा यहाँको ट्राफिक व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ ।

सरकारको नयाँ प्रस्तावले विद्यालयहरुले आफ्नो नजीकको क्षेत्रका विद्यार्थीलाई मात्र पढाउन बाध्य हुन सक्ने ठानिएको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ मा विद्यालय जोनिङ (क्षेत्र) को प्रबन्ध पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको

उच्च मावि तथा उच्च शिक्षा पढ्ने विद्यार्थीलाई पालिकाको अनुदान

पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च

३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा

संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी