गणित विषयको विवाद अध्ययन गर्न कार्यदल गठन



काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

केन्द्रले विषयगत संरचनामा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कम्प्युटर विज्ञान तथा गणित विषय अतिरिक्त ऐच्छिकका रुपमा अध्ययन गर्नुपर्ने भएकाले समावेश गर्ने सम्भावनाबारे अध्ययन गरी सुझाव दिन इञ्जिनीयरिङ क्याम्पस पुल्चोकका संयोजक प्रा डा सुवर्ण शाक्यको संजोजकत्वमा कार्यदल गठन गरेको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

कार्यदलमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, प्रकाश खतिवडा, केन्द्रका गणित निर्देशक प्रमिला बखती, केन्द्रका अधिकृत खिलानाथ धमला छन् ।

कार्यदलले एक साताभित्र सुझाव प्रतिवेदन दिएपछि पाठ्यक्रम विकास परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष पेश गरिने भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

  काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित