पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त



काठमाडौँ । मध्यपश्चिम र पूर्वाञ्‍चल विश्वविद्यालयले उपकुलपति पाएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार मध्यपश्चिममा प्रा.डा. नन्दबहादुर सिंह र पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. यादवराज कोइरालालाई उपकुलपति नियुक्ति गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

उनीहरू त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । मध्यपश्चिम र पूर्वाञ्चल सहित ६ विश्वविद्यालय करिब ६ महिनादेखि उपकुलपति लगायत पदाधिकारी विहीन छन् । उनीहरू दुवै सत्तारुढ नेकपा निकट हुन् ।

सुदूरपश्चिम, संस्कृत, पोखरा र कृषि तथा वन विज्ञान विश्वविद्यालय पनि उपकुलपति लगायत पदाधिकारी विहीन छन् । लामो समय पदाधिकारी नहुँदा प्राज्ञिक परिषद् र नतिजा प्रकाशन लगायतमा काम रोकिदै आएको छ ।

उपकुलपतिको नाम सिफारिस समितिले नाम सिफारिस गरेपछि कुलपति ओलीले नियुक्तिका निर्णय गरेका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति सिफारिस समिति र मध्यपश्चिम विश्वविद्यालयमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा सिफारिस समिति बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५ को शीर्ष १०मा कोपिला भ्याली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५’ को शीर्ष

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक

छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै इलामको सूर्योदय नगरपालिका

इलाम । इलामको सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिक सत्रका