सङ्खुवासभा साक्षर जिल्ला घोषणा



खाँदबारी । सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको सङ्खुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शुक्रबार आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गरेका हुन् ।

कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सुधार गर्नु जरुरी भएको बताए । शिक्षालाई श्रम, सीपलाई उत्पादन र रोजगारीसँग, उत्पादन र रोजगारीलाई समृद्धिसँग जोड्नुपर्ने उनले बताए धारणा उहाँले राख्नुभयो । मन्त्री पोखरेलले विद्यार्थीलाई शिक्षाको उज्यालो घामको ज्योतिबाट वञ्चित हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

जिल्लामा १५ देखि ६० वर्ष उमेरका ९५ दशमलव ६३ प्रतिशत नागरिक साक्षर भएका कारणले जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख केशव भट्टराईले जानकारी दिए । अन्य चार प्रतिशतलाई पनि आगामी वर्ष साक्षर बनाइने उनको भनाइ थियो । साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’

काठमाडौं । आराध्य रञ्जितकार कलम, कागज वा क्यालकुलेटरबिना मनमनै हिसाब गर्ने गणितीय कला

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण

कर्णाली। जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा

एआईको सदुपयोग गरी सकारात्मक उपलब्धिका लागि प्रयोग गर्नुपर्नेमा जोड

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम