गणित शिक्षा परिषद्को अधिवेशनद्वारा सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन



काठमाडौं । देशको शासन प्रणाली संघीयतामा गएसँगै गणित शिक्षा परिषदले पनि आफ्नो संरचनालाई तदअनुसार बनाउने सिलसिलामा वाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । तदर्थ समितिका संयोजक प्रा.डा. नारायण प्रसाद पहारीको अध्यक्षतामा भएको प्रथम अधिवेशनले अवतार सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जस अनुसार माधव प्रसाद पौडेल उपाध्यक्ष, रामहरी श्रेष्ठ सचिव र नरहरी आचार्य कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरूमा न्हुच्छे बहादुर खाताखो, प्रकाश हुमागाइँ, सिद्धीराज खनाल, हरी बहादुर सिल्वाल, संगीता कुमारी पौड्याल, सन्जय तिवारी, र प्रकाश दाहाल छन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा भएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा गणित विज्ञान ट्रष्टका उपाध्यक्ष प्रा. डा. हिराबहादुर महर्जन, गणित शिक्षा परिषद् केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष प्राध्यापक उमानाथ पाण्डे, नेपाल गणित समाजका अध्यक्ष प्रा. डा. चेतराज भट्ट, नेपाल महिला गणित समाजकी उपाध्यक्ष डा. निलम सुवेदी र नेपाल गणित केन्द्रकी कोषाध्यक्ष वृन्दा शाक्यले प्रथम अधिवेशनको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा वाग्मती प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईको सदुपयोग गरी सकारात्मक उपलब्धिका लागि प्रयोग गर्नुपर्नेमा जोड

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम

सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १

‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

ओखलढुङ्गा । साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका