वागमती प्रदेश सरकारले नमूना विद्यालय बनाउने



हेटौंडा । सामुदायिक विद्यालयको गुणस्तर बढाउन वाग्मती प्रदेश सरकारले नमूना विद्यालय निर्माणलाई उच्च प्राथमिकता दिएको छ ।

चालू आर्थिक वर्षमा प्रदेशअन्तर्गत १२ जिल्लाका २० सामुदायिक विद्यालयलाई नमूनाका लागि छनोट गरिसकेको छ । यसरी छानिएका विद्यालयको पूर्वाधार विकासका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ११ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

नमूना विद्यालयको अवधारणाले विद्यालयको भौतिक, शैक्षिक र अन्य अवस्थामा सुधार ल्याई सिकाइ उपलब्धिमा वृद्धि गर्नेछ । सामाजिक विकास मन्त्रालयले विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको सङ्ख्या, विद्यालयको जग्गा भवन, अध्ययन अध्यापनको अवस्थालगायत पूर्वाधारको अवस्थाको विषयमा मूल्याङ्कन गरी नमूना विद्यालयल छनोट गरिएको हो ।

मन्त्रालयको शिक्षा महानिर्देशनालयका अनुसार मकवानपुर, धादिङ, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रामेछापका दुई÷दुई विद्यालय छनोट भएका छन् । त्यस्तै नुवाकोट, भक्तपुर, ललितपुर, काठमाडौँ र दोलखाका एक÷एक विद्यालय नमूना विद्यालय विकास योजनामा परेको बताइएको छ । त्यसैगरी चितवनको तीन विद्यालय नमूना विद्यालयका रुपमा छनोटमा परेको जनाइएको छ ।

विद्यालयको गुरुयोजना तयारका लागि प्रत्येक विद्यालयलाई  छ लाखका दरले रकम उपलब्ध गराएको र गुरुयोजना प्रतिवेदन प्राप्त भइसकेको महानिर्देशनालय दर्ता शाखाका अधिकृत हरि भण्डारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा प्रत्येक विद्यालयलाई ५० लाख रुपैयाँका दरले रकम पठाउने तयारी भइरहेको छ । आगामी आवमा गुरुयोजनाअनुसार थप बजेट पठाउने भण्डारीले बताए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालसम्म २२२ सामुदायिक विद्यालयलाई नमूनाका लागि छनोट गरिसकेको छ । त्यसमा मकवानपुरका चार विद्यालय परेका छन् । ती विद्यालयको संरचना निर्माण दु्रतगतिमा भइरहेको बताइको छ ।

त्यस्तै जाइकाको आर्थिक सहयोगमा मकवानपुर जिल्लाको दुई दर्जन विद्यालय भवन लगायतका पूर्वाधार निर्माण कार्य भइरहेको छ । जसअन्तर्गत करिब एक दर्जन विद्यालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको जाइकाका इञ्जिनीयर आदित्य ठाकुरले जानकारी दिए । अधिकांश विद्यालय भूकम्प प्रतिरोधात्मक हिसाबले निर्माण गरिएको उनको भनाइ छ ।

त्यसैगरी पुनःनिर्माण प्राधिकरण एकाइ शाखा मकवानपुरद्वारा भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयको भवनको निर्माण भइरहेको जनाइएको छ । अबको एक वर्ष्भित्र अधिकांश भवन निर्माण गरिसक्ने गरी निर्माण कार्य अगाडि बढाइएको सम्बन्धित निकायको भनाइ छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाले पनि महानगरभित्रका विद्यालयको भवन स्तरोन्नतिसमेत गरेको छ । हेटौँडाको नमूना विद्यालयमा छनोट भएको र २०६० सालदेखि लगातार एसएलसीमा जिल्ला प्रथम हुँदै आएको सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय उच्च माविका पूर्वप्राचार्य ऋषिराम पोखरेलले विद्यालयको गुणस्तरीय शिक्षाका लागि भवन मात्र राम्रो भएर नपुग्ने बताउँदै त्यसका लागि व्यावहारिक र प्रयोगात्मक शिक्षण शैलीमा समेत जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

म्याग्दी। विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष