कक्षा ११ र १२ मा गणित विषय हटाउन चलखेल



काठमाडौं । विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई पाठ्यक्रमको प्रारूपबाटै हटाउने गृहकार्य भइरहेको छ । कक्षा ११ र १२ मा विद्यार्थीले गणित विषय रोज्न चाहे पनि पढ्न नपाउने गरी प्रारूप तयार गरिएको छ । नेपाल गणित समाजका अनुसार हाल देशभर ७० हजार बढी विद्यार्थीले विभिन्न संकायबाट गणित अध्ययन गर्दै आएका छन् ।

समाजका अनुसार प्रारूपमा विज्ञान संकायका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र चार ऐच्छिक गरी पाँच विषय अध्ययन गर्दै आएका छन् । यस्तै, १२ कक्षामा अंग्रेजी, अनिवार्य नेपाली र तीन ऐच्छिक गरी पाँच विषय पढ्दै आएका छन् ।पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय समावेश नगरिएकामा विज्ञहरूले विरोध गर्दै आएका छन् ।

हाल केन्द्रले बनाएको प्रारूप लागू भए ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र तीन ऐच्छिक गरी ६ विषय पठनपाठन हुने गणित शिक्षक समाजले जनाएको छ । यस्तै, १२ कक्षामा अंग्रेजी, नेपाली, जीवनोपयोगी र तीन ऐच्छिक गरी ६ विषय अध्यापन गराइने बताइएको छ ।

पाँचबाट ६ विषय बनाइए पनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारिएको नेपाल गणित समाजका सहसचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जीवन काफ्लेले बताए । उनले भने, ‘११ र १२ दुवैमा तीन–तीन वटा अनिवार्य विषय राखेर रुचिकर विषय पढ्नबाट विद्यार्थीलाई वञ्चित गरिएको देखिन्छ । यसबाट विद्यार्थीको गणित पढ्ने स्वतन्त्रता हनन हुनेछ ।’

त्रिभुवन विश्वविद्यालय, गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. टंकनाथ धमला विज्ञान पढ्ने विद्यार्थीका लागि गणित नभई नहुने बताउँछन् । उनले भने, ‘गणितलाई जीवनको साथी बनाउन आवश्यक छ । गणितबाट टाढा कोही पनि भाग्नुहुँदैन । केमिस्ट्री, फिजिक्स, बायोलोजी, कम्प्युटर, इन्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्रलगायत कैयौं विषयको गणितसँग अन्तरसम्बन्ध छ, गणित नै कमजोर भएपछि स्वतः ती विषयमा विद्यार्थी कमजोर हुन्छन् ।’

गणित प्राध्यापकका अनुसार केन्द्रले ल्याउने प्रारूपमा बायोलोजी, फिजिक्स र केमेस्ट्री पढ्ने विद्यार्थीले चाहेर पनि गणित विषय पढ्न पाउनेछैनन् । तर, ननक्रेडिटमा सातौं विषयका रूपमा पढ्न पाउनेछन् । विद्यार्थीको कम रुचि भएका विषय ११ र १२ कक्षामा अनिवार्य गरिएको भन्दै धेरैको रुचि र विज्ञान तथा प्रविधिको जगलाई ननक्रेडिटमा पढ्न बाध्य बनाउने गरी प्रारूप तयार पारिएको गणित शिक्षकको भनाइ छ । अध्ययनपछि जागिरका लागि विभिन्न पदमा परीक्षा दिँदा गणित र बौद्धिक परीक्षण समावेश गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन सस्ंथान आईओईमा प्रवेश परीक्षामा गणितको भार ४० बाट बढाएर ५० बनाइएको छ । पाठ्यक्रम विकास केन्द्रले भने गणित विषयलाई प्रारूपबाट नहटाएको बताएको छ । केन्द्रका एक अधिकारीले भने, ‘हामीले पाठ्यक्रमको प्रारूपबाट गणित हटाएका छैनौं । हटाइएको विषय सत्य होइन ।’

केन्द्रका महानिर्देशक लेखनाथ पौडेल प्रारूपमा गणित नसमेटिएको विषयमा बोल्न चाहेनन् । उनले आफूलाई यसबारे जानकारी नभएको भन्दै हटाउन लागेको भन्नेहरूलाई नै सोध्नू भन्ने जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

म्याग्दी। विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष