प्याब्सनले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्याब्सनको आयोजना र सीटीएफ नेपालको सहयोजनामा सम्मेलन माघ ९ र १० गते काठमाडौंमा हुने भएको हो ।

विश्वमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपालको शिक्षालाई समय सापेक्ष रुपमा अगाडि बढाउन सम्मेलन आयोजना गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए । सम्मेलनमा स्वदेश र विदेशका विभिन्न विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरु, विश्वविद्यालयका प्राध्यापक, निजी विद्यालयका संचालक प्रधानाध्यापक, शिक्षक, विज्ञलगायत गरी तीन सय भन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं ।  राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा.डा. श्रीराम अधिकारी निर्विरोध निर्वाचित