शिक्षा ऐन साविकको उच्चमाविमा अध्यापनरत शिक्षकलाई सम्बोधन गर्ने गरी ल्याउन हिस्टुनको माग



काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिस्टुनले साविकको उमाविक शिक्षक र शिक्षाको भविष्य ऐनमाथि नै निर्भर रहेकाले ती शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको हो ।

उमावि तहको स्वीकृत दरबन्दीको शिक्षक पदलाई ऐन लागू नहुँदासम्म मावि द्वितिय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी शिक्षक सेवा आयोगले विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने माग हिस्टुनले गरेको छ ।

त्यसैगरी उमावि शिक्षकहरुको स्थायी पदका लागि खुलाइएको विज्ञापनमा दर्खास्त नदिएका वा दिएर पनि आयोगले नियुक्तिका लागि सिफारिस नगरका शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्मका लागि तोकिए बमोजिमको सुविधा दिनुपर्ने माग पनि युनियनले राखेको दीपकराज सुवेदीले बताए ।

हिस्टुनले महाश्रम शर्माको अध्यक्षतामा गठित दरबन्दी पुर्नवितरण सुझाव कार्यदलकै प्रतिवेदन अनुसार साविक उमावि तहमा ७ हजार ८०५ थप दरबन्दी सिर्जना गरी जेष्ठताका आधारमा शिक्षकहरुलाई पदस्थापनाका साथै विशेष सुविधा सहित स्थायी प्रकृयामा लानुपर्ने माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५ को शीर्ष १०मा कोपिला भ्याली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५’ को शीर्ष

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक

छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै इलामको सूर्योदय नगरपालिका

इलाम । इलामको सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिक सत्रका