त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । क्याम्पसले नै निर्वाचनका लागि निर्वाचन कमिटी बनाउने गर्दछ ।

उनका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ । त्रिविका ६२ आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन ।

विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा भएको स्ववियु निर्वाचन २५० मात्र क्याम्पसमा भएको थियो । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी, अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणालीमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतन्त्रको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको

गणतन्त्रका कारण भ्रष्टाचार बढ्यो भन्नु मिथ्या प्रचारः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर

जनताको व्यवस्थामाथि नै आँच पुर्याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन : राष्ट्रपति

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका

अहिलेको शासन प्रणालीप्रति भ्रम छर्ने र वितृष्णा छर्ने प्रयास कदापि सफल हुने छैनन्ः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका