इक्यानको अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन



काठमाडौं । नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १४औं अधिवेशनले प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शनिवार भएको अधिवेशनबाट सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरेको हो । प्रकाश पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको इक्यानले जनाएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा देवीदास भट्टराई, द्धितिय उपाध्यक्षमा शेषराज भट्टराई, तृतिय उपाध्यक्षमा कृष्णहरि केसी, महासचिवमा दीपकराज भूषाल, प्रथम सचिवमा बासुदेव दाहाल, द्धितीय सचिवमा बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ र सदस्यहरुमा सुष्मा आचार्य, भवनाथ हुमागाई, रत्न भट्टराई, सुुवास गौतम, बिकल्पराज पोखरेल, आर्यन उप्रेती, नवराज भट्टराई, आशिक कार्की, शिव त्रिपाठी छन् ।

साथै क्यानले मनोनित सदस्यमा पुष्पराज भट्टराईलाई नियुक्त गरेको छ । नव निर्वाचित अध्यक्ष पाण्डेले आगामी दिनमा इक्यानलाई सबैले अपनत्व गर्न सक्ने साझा संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे र प्रकाश पाण्डेबीच को अध्यक्ष हुने भन्ने विषयमा अन्तिम समयसम्म छलफल चलेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले

शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले