इक्यानको अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन



काठमाडौं । नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १४औं अधिवेशनले प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शनिवार भएको अधिवेशनबाट सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरेको हो । प्रकाश पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको इक्यानले जनाएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा देवीदास भट्टराई, द्धितिय उपाध्यक्षमा शेषराज भट्टराई, तृतिय उपाध्यक्षमा कृष्णहरि केसी, महासचिवमा दीपकराज भूषाल, प्रथम सचिवमा बासुदेव दाहाल, द्धितीय सचिवमा बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ र सदस्यहरुमा सुष्मा आचार्य, भवनाथ हुमागाई, रत्न भट्टराई, सुुवास गौतम, बिकल्पराज पोखरेल, आर्यन उप्रेती, नवराज भट्टराई, आशिक कार्की, शिव त्रिपाठी छन् ।

साथै क्यानले मनोनित सदस्यमा पुष्पराज भट्टराईलाई नियुक्त गरेको छ । नव निर्वाचित अध्यक्ष पाण्डेले आगामी दिनमा इक्यानलाई सबैले अपनत्व गर्न सक्ने साझा संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे र प्रकाश पाण्डेबीच को अध्यक्ष हुने भन्ने विषयमा अन्तिम समयसम्म छलफल चलेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान

दमौली । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान

बागलुङको प्रभा माविको ६२ वर्षे यात्राः छाप्रोदेखि नमूना विद्यालयसम्म

डम्मर बुढामगर, बागलुङ । एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै

शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि

शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक गरेको छ ।