सुदूरपश्चिम विश्वविद्यालयमा किन खुलेन नौ महिनादेखि लागेको ताला ?



भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नौ महिनादेखि निरन्तर तालाबन्दीको शिकार बनेको छ । नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले नौ महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहँदा सरोकारवाला निकाय भने मौन छन् ।

नेविसङ्घले तत्कालीन उपकुलपति र रजिस्टारलाई गरिएको बर्खास्ती पुनःबहालीको माग अघि सारेर तालाबन्दी गरेको भए पनि निलम्वनमा परेका पदाधीकारीको समयावधि सकिसकेको भए पनि तालाबन्दी खुल्न सकेको छैन ।

विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भुषण श्रेष्ठ र रजिस्टार द्विजराज भट्टले कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि विवाद शुरु भएको थियो ।

गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डीन डा गोविन्द विष्टलाई रजिस्टारको जिम्मेवारी दिइयो ।

“एउटै विश्वविद्यालयमा दुई वटा उपकुपति र दुई वटा रजिस्टार हुने अवस्था आएप्छि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालाबन्दी गरेका हौँ”, नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दले भने, “अहिले सरकारले उपकुलपति र रजिस्टार नियुक्तमा गरिएको ढिलाइले अन्योलता बढेको छ ।” उनले वरिष्ठता र योग्यताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नुपर्ने माग रहेको बताए ।

उता विश्वविद्यालयका कर्मचारीले केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कामकाज गर्न नपाएको गुनासो छ । विश्वविद्यालयको तालाबन्दी खुलाउन जिल्ला प्रशासन कार्यालयदेखि सर्वदलीय संयन्त्रमा पनि बहसको विषय बनेछ तर तालाबन्दी भने खुलाउन सकिएको छैन ।

जिम्मेवारीमुक्त गरिएका तत्कालीन उपकुलपति श्रेष्ठको समयावधि गत भदौमा सकिएको छ भने रजिस्टार भट्टको पदावधि माघ महिनामा सकिँदैछ । विश्वविद्यालयको उपकुलपतिमा कामचलाउरुपमा नियुक्त गरिएका प्रा डा पूर्णबहादुर चन्दले आफ्नो कार्यावधि गत मङ्सिर ६ गते सकिएको बताए । उपकुलपतिविहीन रहेको विश्वविद्यालयले नयाँ पदाधीकारी नआउँदासम्म कर्मचारीले कार्यालय बाहिरबाटै सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक बोझ पार्ने शिक्षकका मागहरु यसैपाली सरकारले बहन गर्न सक्दैनः शिक्षामन्त्री पन्त

काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको

आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’

काठमाडौं । आराध्य रञ्जितकार कलम, कागज वा क्यालकुलेटरबिना मनमनै हिसाब गर्ने गणितीय कला

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण

कर्णाली। जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा