अहिलेको शिक्षा नीतिले निजी क्षेत्रलाई अपहेलना गरेको प्याब्सन अध्यक्ष पुरीको गुनासो



बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अहिलेको शिक्षा नीतिले निजी क्षेत्रलाई अपहेलना गरेको बताएका छन् । प्याब्सनको १७ औं साधारण सभाको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उनले हल्ला गर्ने भन्दा पनि विद्यालय बचाउन आफूहरु संस्थागत र नीतिगत रुपमा लागि परेको बताए ।

नेपालको निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानका बारेमा सरकार पक्षलाई बुझाउने प्रयास भइरहेको भन्दै उनले शिक्षा नीति परिवर्तन गर्न प्याब्सनले पहल गरिरहेको बताए । प्राविधिक र ब्यावसायिक शिक्षामा रहेको विभेद हटाउन अहिलेको सरकार लचक भएको उनले बताए ।

प्राविधिक शिक्षामा निजीको पहुँच नहुनु, जनप्रतिनिधिहरुले आफना बालबालिकाहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, ठूलो रकम पालिका र प्रदेशलाई तिर्नुपर्ने जस्ता नीति र प्रावधान आउनु गलत भएको उनको भनाइ थियो ।

सबै निजी विद्यालयको आर्थिक अवस्था एउटै नहुँदा सरकारी सेवासुविधा शिक्षकहरुलाई दिनुपर्ने, सरकारबाट कक्षा १० सम्म निशुल्क शिक्षाको कुरा कार्यान्वन गर्न नसक्ने भन्दै अब्यवहारिक नीति हटाउनुपर्ने उनले बताए ।

प्याब्सनबाट सामाजिक सुरक्षा कोषमा जान चाहनेलाई बाटो खोलेको उनको भनाइ थियो । सरकारको यो नीतिमा रोजगारदाता र रोजगारकर्ता दुबै पक्ष खुशी नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

विद्यार्थी भर्ना पारदर्शी बनाउन तीन विद्यालयका प्रिन्सिपललाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

रमेश गिरी, भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण

यसवर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस