छोरी शिक्षा बिमा सप्ताहको प्रचारात्मक अभियान शुरु



जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगत संचालित छोरी शिक्षा बिमा लाई प्रभाकारी बनाउन यही माघ २ गते देखी सन्चालन गरिने बिमा सप्ताहको प्रचारात्मक अभियान सुरु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सप्तरी जिल्लाबाट प्रचारत्मक अभियान अन्तर्गत पहिलो चरणमा सरोकारवालाहरुको अन्तरक्रिया सम्पन्न गरेको छ ।
जिल्ला सम्वन्य समितिको सम्वन्यमा आयोजित कार्यक्रममा १८ वटै स्थानीयतहका प्रमुख एवं प्रशासकीय अधिकृत, राजनितिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय का प्रमुख हरु, बिभिन्न सघ सस्थाका प्रतिनिधिहरु सहितको उपस्थिती रहेको थियोे ।
कार्यक्रम मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शकर सुबेदीले बिमा सप्ताहको उद्देश्य तथा सरोकार बलाको भुमिका बारे जानकारी गराउदै सबै लाई सहयोग गर्न आग्रह गरेका थिए ।

माघ २ गते देखी सन्चालन हुने विमा सप्ताह मा प्रत्येक स्थानिय तहमा शिबिर सन्चालन गरि २०७५ माघ १ गते पछि प्रदेश भरिमा जन्मिएका छोरी हरुको बिमा गर्नुका साथै स्वास्थ जाच समेत गरिने छ ।

शिबिरमा बिमाका लागी आवश्यक जन्मदर्ता , स्थानिय तहको सिफारिश लगायत को सम्पुर्ण प्रकृया पुरा गरिने जनाइएको छ ।
स्थानीय तहले सन्चालन गरिने उक्त शिविरमार्फत माघ १ गते यता प्रदेशमा जन्मिएका सबै छोरीको बिमा गर्ने लक्ष्य मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कर्यालयले लिएको छ ।

प्रचारात्मक अन्तरक्रिया कार्यक्रम १८ गते सिरहा, १९ गते धनुषा, २० गते पर्सा, २१गते बारा , २२ महोत्तरी, २४रौतहट , २५ सर्लाहीमा सन्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

  काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित