प्रदेश दुईमा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुने



जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुईमा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुन लागेको बताएका छन् । नेपाल तराई इन्जिनियर्स एशोसिएशनले जनकपुरमा शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

उनले प्राविधिक विश्व विद्यालय स्थापनाको लागी गृहकार्य अन्तिम चरणमा रहेकोले यसै महिना विधेयक सदनमा प्रस्तुत हुने जानकारी दिए । केन्द्रको गिद्धे दृष्टिका कारण प्रदेश नं. २ को शैक्षिक विरासतमा ह्रास आएको उल्लेख गर्दै उनले पुरानो गरिमालाई पुनः स्थापित गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने प्रदेश सरकारको घोषणा अनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलको क्रममा रहेको जानकारी दिँदै विधेयक पारित भए लगतै एक पालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईको सदुपयोग गरी सकारात्मक उपलब्धिका लागि प्रयोग गर्नुपर्नेमा जोड

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम

सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १

‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

ओखलढुङ्गा । साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका