विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व वैंकले २ अर्ब ७४ करोड दिने



काठमाडौं । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि यो वर्ष पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थ सचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक फरिस एच हादाद जेरोभ्स एक कार्यक्रमका बीच अनुदान सहायतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार विश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि २ अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत यो वर्ष ७० लाख बिद्यार्थी, एकलाख असि हजार शिक्षक र तीस हजार बढी सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा संचालन हुने सम्झौतामा उल्लेख छ ।

यस्तै बिश्व बैंकले नेपाली युवालाई स्वरोजगार बनाउन भन्दै युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना संचालन गर्न पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ। यो परियोजना संचालनको लागि १३ अर्ब ६३ करोड अनुदान सहायता उपलब्ध गराउने भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग पुग्नेगरी यो परियोजना संचालन हुनेछ। देश भरि ७५३ वटा रोजगार सेवा केन्द्रको स्थापना गरि एक लाख बढी युवालाई रोजगार दिने सरकारको लक्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

  काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित