इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज र जापानको कानागावा विश्वविद्यालयबीच सहकार्य हुने



काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच यस्तो सम्झौता भएको हो ।

आईसिएमएसले काठमाडौमा पत्रकार सम्मेलन गरि सम्झौताबारे जानकारी गराएको हो । समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने जानकारी दिए ।

तुलाधरले कलेजले विद्यावारिधी पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधी गर्न चाहनेका लागि सम्झौताले बाटो खुल्ला गरेको बताए । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आईसिएमएसले संकट व्यवस्थापन विषयमा अध्यायन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’

काठमाडौं । आराध्य रञ्जितकार कलम, कागज वा क्यालकुलेटरबिना मनमनै हिसाब गर्ने गणितीय कला

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण

कर्णाली। जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा

एआईको सदुपयोग गरी सकारात्मक उपलब्धिका लागि प्रयोग गर्नुपर्नेमा जोड

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम