क्रान्ति लामाको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय विद्यालय व्यवस्थापन कमिटी गठन



काभ्रे । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको काभ्रेको भुम्लु गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । क्रान्ति लामाको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय कमिटी भएको हो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका प्रदेश तीनका सचिव संगम लामाको उपस्थितिमा उक्त कमिटी गठन गरिएको हो । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समिति सदस्यहरुको भेलाबाट कमिटी गठन भएको हो ।

भेलामा महासंघ प्रदेश नम्वर ३ का सचिव संगम लामाले सामुदायिक विद्यालय सुधार नभएसम्म नेपाले सरकारले लिएको अवधारणा सफल नहुने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठले सामुदायिक विद्यालय सुधारका लागि शिक्षा शाखाको समन्वयमा कार्ययोजना बनाई सुधारका योजना समावेश गरि वृहत विद्यालय सुरक्षा योजनालाई सफल बनाउनु पालिकाको दायित्व भएको बताइन् ।

त्यसैगरी शिक्षा शाखाका प्रमुख नारायणराज उप्रेतीले गाउँपालिका भित्र रहेका विद्यालयको सुधार नभएसम्म सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अवधारण पुरा नहुने भएकोले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न रचनात्मक कार्यगरी सबै लाग्नु पर्ने बताए ।

गाउँपालिका स्तरीय भेलाबाट अध्यक्ष क्रान्ति लामा चयन भएका छन् भने उपाध्यक्षमा शोभा राई, सचिवमा रमेश प्रसाद खरेल, कोषाध्यक्षमा केदार भण्डारी सदस्यहरुमा पूर्ण बहादुर तामाङ, दिल बहादुर पहरी, रामकुमार लामा , निर्लराज शर्मा, कुमार सिंह लामा, चन्द्रबहादुर लामा र विष्णु बहादुर लामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारसँग शिक्षक महासंघ रुष्ट, शिक्षा मन्त्रालयलाई बुझायो २४ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौं । नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षण

उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी

शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले