चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि आवेदन आह्वान



काठमाडौं । चिकित्सा शिक्षा आयोगले निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको छ। निर्देशक नियुक्तिका लागि नाम सिफारिस समितिले मंगलबार सूचना निकालेर कात्तिक २१ गतेभित्र इच्छुकले आवेदन पेश गर्न आग्रह गरिएको हो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा काम गर्न निर्देशन नियुक्त गर्न लागिएको हो।

‘निर्देशक पदमा आवेदन दिन इच्छुकले पाँच सय शब्द नबढाइ आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कात्तिक २१ गतेभित्र पेश गर्न’ सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी

शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले

आठ महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले लगे ८८ अर्ब ९८ करोड

काठमाडौं । आर्थिक वर्षको आठ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९