कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पाएन एमडिजीपीका लागि अनुमति



काठमाडौं । जुम्लामा पहिलो पटक विशेषज्ञ चिकित्सक उत्पादन गर्न तत्कालका लागि बाटो बन्द भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृतिपत्र नपाएपछि विशेषज्ञ तहमा चिकित्सक उत्पादन गर्न केही समयपछि धकेलिएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले हालै प्रतिष्ठानमा सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न थप अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउँदै तत्काल स्वीकृतिपत्र नदिने निर्णय गरेको बताइएको छ ।

आयोगको सो निर्णयसँगै अब प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गर्न केही सयम पर्खनुपर्ने अवस्था आएको हो ।

अर्काेतर्फ, आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नाकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृतिपत्र दिने निर्णय गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी

शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले

आठ महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले लगे ८८ अर्ब ९८ करोड

काठमाडौं । आर्थिक वर्षको आठ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९