भेप तस्करीमा संलग्न एक व्यक्ति पक्राउ, ६ करोडको सामान बरामद


काठमाडौँ । प्रहरीले काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जनालाई पक्राउ गरेको छ । करिब ६ करोड रुपैयाँ बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको कार्यालय प्रमुख सन्तोष खडकाले जानकारी दिएका छन् । पक्राउ परेका खड्का उक्त पसलका सञ्चालक रहेको खुलेको छ । खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका भेप बरामद कार्यालयले जनाएको छ ।