युवराज सफल पक्राउ


काठमाडौँ । आफूलाई अभियन्ता बताउने युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।